२० मंसिर २०७९, मंगलबार

नेपालमा प्रतिबन्धित पोर्न वेबसाइट बनाएर अश्लिल भिडियो अपलोड गर्ने पक्राउ

लेखाजोखा न्यूज

३० असार २०७७, मंगलबार १२:०१

काठमाडौं । नेपालमा पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौंको गौंगबुका २३ वर्षिय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा ब्लु संसार नामक पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार श्रेष्ठले चितवनमा बस्ने १७ वर्षिया एक बालिकाको अश्लिल भिडियो पोर्न साइटमा अपलोड गरेका थिए । उनलाई विद्युतिय कारोबार ऐन, २०६३ अन्तरगत साइबर अपराधको कसुरमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

अश्लिल तथा यौनजन्य सामाग्रीहरु कम्प्युटर, इन्टरनेट लगायतका माध्यमहरुबाट प्रकाशन, प्रसारण तथा प्रदर्शन नगर्न नगराउन समेत साइबर ब्यूरोले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend