टोकियो ओलम्पिक : रसियाली जुडोकासँग सोनियाको पहिलो खेल

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १३:०३

काठमाडौं । टोकियो ओलम्पिकको पहिलो खेलमा नेपाली जुडोका सोनिया भट्ट रसियाली जुडोका डोल्गोभा इरिनासँग भिड्ने भएकी छिन्।

सोनियाले ओलम्पिक प्रतिस्पर्धामा महिलातर्फ ४८ किलोग्राम तौल समूहमा प्रतिस्पर्धा गर्दै छिन्। वाइल्ड कार्डबाट ओलम्पिकमा छानिएकी उनको प्रतिस्पर्धा साउन ९ गते सोमबार हुनेछ।

सोनियाकी प्रतिस्पर्धी रसियाली जुडोका इरिना विश्व वरीयताको नवौं स्थानमा रहेकी छिन्। जुडोको खेल तालिका बिहीबार सार्वजनिक भएको हो।

सोनियाले नेपालमा आयोजित १३ औं सागमा ४८ केजीमुनिको समूहमा काँस्य जितेकी थिइन्। सोनियाले महिला कास्य जितेकी थिइन्। उनको नाममा विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी भएको कीर्तिमान समेत छ।