खोप केन्द्रको भिडले संक्रमणको तेस्रो लहरको सम्भावना

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार ०९:०२

काठमाडौं । कोरोना विरुद्धको खोप लागाउने केन्द्र मानिसको भिड बढ्दा तेस्रो लहरको खतरा बढेको छ । देशका अधिकांश खोप केन्द्रम मानिसको भिड हुने गरेको छ । खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा खोप केन्द्रबाटै कोरोना संक्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य विज्ञहरु बताउछन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक अनुप बास्तोलाले खोप लगाएका व्यक्तिहरु समेत कोरोनाको लक्षण लिएर अस्पताल आउन थालेको बताउछन् । कोरोना विरुद्धको खोप अभियानलाई तिब्रता दिएको भएपनि खोप केन्द्रमा हुने अस्वभावि भिडले यसको अर्को लहर शुरु हुने खतरा बढेको बास्तोलाको भनाई छ ।

१ हप्ताको बीचमा अस्पतालमा भर्ना हुनेको संख्या बढेको जनाउछन् । अस्पतालमा २१ जना जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचार भईरहेको भन्दै डा. वास्तोलाले निषेधाज्ञा हट्दै जाने र स्वास्थ्य सावधानी नअपनाएकाले संक्रमितको संख्या बढेको बताउछन् ।

सिकिस्त संक्रमित भएर आउनेको संख्या न्युन भए पनि विरामी हुने क्रम बढेको डा. बास्तोलाले जानकारी गराए । खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने हो भने संक्रमणको तेस्रो तहर फैलने सम्भावना अत्याधिक रहेको डा. बास्तोलाको चेतावनी छ ।

सरकारले यसअघि नै खोप केन्द्रको संख्या बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।