बाबुरामको ट्विटले मचायो तहल्का, बिजेपी विदेश विभाग प्रमुखसँगै राप्रपा अध्यक्ष थापाको पनि आक्रोश

लेखाजोखा न्युज
६ श्रावण २०७८, बुधबार १५:०३

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको ट्विटप्रति आपत्ति जनाएका छन् ।

नेपालका पूर्व प्रधानमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार बिहान ट्विटमा एक तस्वीर सेयर गरेका थिए । त्यसमा उनले आफ्ना सहपाठीले सेयर गरेको भन्दै, ‘आस्था भनेको एउटा खतरनाक चीज हो । यसले तपाईंलाई दूध फ्याँक्न र पिसाबलाई पिउन बाध्य तुल्याउँछ’ उल्लेख छ । तस्वीरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाउँदै गरेको देखिन्छ ।

http://

चौंथाइवालेले बाबुरामको उक्त ट्विटप्रति आपत्ति जनाउदैँ जवाफमा लेखेका छन्, ‘प्रिय बाबुरामजी । यो निश्चित छ कि तिमी र तिम्रो सहपाठी इदको अवसरमा हिन्दू धर्म र संस्कारको अपमान गर्दैछौ ।’
गत महीना एक भारतीय अखबारमा बाबुरामले लेखेको एक आलेखप्रति पनि चौँथाइवालेले आपत्ति जनाएका थिए। नेपाली राजनीतिमा भारतले हस्तक्षेप गरेको भन्दै बाबुरामले बिजेपीलक्षित टिप्पणी गरेका थिए । लगत्तै चौंथाइवालेले ट्विटमार्फत बाबुरामको विरोध गरेका थिए ।

भारतीय पत्रिका द हिन्दूको अनलाइन संस्करणमा प्रकाशित भट्टराईको लेखप्रति उनले समाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

यस्तै भट्टराईको उक्त ट्विटमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पनि विरोध जनाएका छन् । उनकै ट्विटमा कोट गर्दै थापा लेख्छन् ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर, तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको र जिउँदै मान्छेलाई नै बगाएको बिर्सनुभयो ?

http://