भतिजी बलात्कार गर्ने काका सहित ६ जना पक्राउ, गर्भवति भएपछि घटना बाहिरियो

लेखाजोखा न्युज
६ श्रावण २०७८, बुधबार १३:५८

एजेन्सी । भारतको तमिलनाडुमा एक १४ बर्षीया किशोरी ६ महिनाको गर्भवति भएको खुलेको छ । किशोरीको परिवारलाई गर्भको बारेमा थहा भएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले जाँच गर्ने क्रममा उक्त किशोरीलाई ६ जनाले यौन शोषण गरेको खुलेको हो ।

अनुसन्धानका क्रममा १४ बर्षकी उक्त किशोरीको १६ बर्षको किशोरसँग प्रेम रहेको र उनैले यौन शोषण गरेको पाइएको हो । यस्तै सो किशोरको अन्य पाँच साथीले पनि यौन शोषण गरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

आरोपी पाँचै जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार गर्नेमा पिडकको काका पनि रहेको प्रहरीको भनाई । बाँकी किशोरी कै छिमेकी हुन् । उनले आफुलाई विभिन्न ठाँउमा लगेर बलात्कार गर्ने गरेको बताएकी छिन् ।

बुबा आमा मजदुरी गर्ने हुँदा उनलाई घरमा एक्लै भएका बेला शोषण गर्ने गरेको समेत उनको भनाई छ । प्रहरीले पाँच आरोपीलाई प्रक्राउ गरेको भएपनि फरार एकको खोजी कार्यलाई तिब्रता दिएको छ ।