१८ असोज २०७९, मंगलबार

सन्दीपको भिसा अवैध भन्दै इसिबीले तत्काल बेलायत छाड्न दियो आदेश

लेखाजोखा न्यूज

५ साउन २०७८, मंगलबार ६:४७

काठमाडौं । चर्चित नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बेलायतको क्रिकेट बोर्ड इसिबीले तत्काल बेलायत छाड्न निर्देशन दिएको छ। सन्दीपका अनुसार उनको भिसा अवैध रहेको भन्दै इसिबीले तुरुन्त बेलायतबाट फर्कन भनेको छ।

‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत पुगेका उनको क्वारेन्टाइनको अवधी पूरा हुन दुई दिनअघि इसिबीले उनलाई देश छाड्न भनेको हो। यो प्रतियोगिता अब आफूले गुमाएको जानकारी उनले फेसबुकमार्फत दिएका छन्। उनले अस्ट्रेलियाको चर्चित क्रिकेट लिग ‘बिग ब्यास’लगायत विश्वका विभिन्न देशका क्रिकेट लिगमा खेलिसकेका छन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेका छन्– म जुलाई ९ मा बेलायत पुग्दा अध्यागमनमा कुनै समस्या आएन। त्यसपछि म बेलायत सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेँ। नियमअनुसार क्वारेन्टाइन समाप्त हुन दुई दिनअघि मलाई इसिबीले मेरो भिसा अवैध भएकाले तत्काल बेलायत छाड्नुपर्छ भन्यो। मैले मेरो भिसामा के समस्या आयो भनी जानकारी माग्दा इसिबीका कसैबाट पनि सही जवाफ पाउन सकिँन।

उनले बेलायती क्रिकेट बोर्ड इसिबीसँग भविष्यमा कुनै पनि खेलाडीले यस्तो झन्झट बेहोर्नु नपरोस् भनेर यस्ता मामिलामा ध्यान दिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend