जयनगर-जनकपुर रेल्वे ट्र्याकमा आइतबार स्पीड परीक्षण हुने

लेखाजोखा न्युज
२ श्रावण २०७८, शनिबार २०:४१

काठमाण्डाैं । सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि आईतबार रेल्वे ट्रयाकको स्पीड परीक्षण हुने भएको छ ।

जनकपुर-जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए।

उनले स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्र्याक खाली गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेका छन। यसका लागि ट्र्याक आसपासका बस्तीमा माइकिङ समेत गरिएको भट्टराईले बताए ।