ओलम्पिक खेल्न पुगेका युगान्डाका खेलाडी भेटिए, जापानमा काम गर्न चाहेको भनाई

लेखाजोखा न्युज
२ श्रावण २०७८, शनिबार १०:०८

काठमाण्डौ । टोकियो ओलम्पिक खेल्न जापान पुगेका युगान्डाका गायब एथलेटिक ओसाका प्रान्तको एक घरमा भेटिएका छन् । जापानी पुलिसले खोज्ने क्रममा उनलाई उक्त प्रान्तमा भेटाएको हो ।

उनी गायब भएपछि उनले छोडेको नोट भेटिएको थियो । जसमा उनले आफ्नो देशमा जिवनयापन कठिन भएकाले जापानमा काम गर्न चाहेको लेखेका थिए । देशमा कठिन परिस्थिति भएकाले जापान मै बसेर काम गर्न चाहेको उनको भनाई छ ।

द जापान टाइम्सका अनुसार गायब भएका खेलाडी भारत्तोलनको रहेका छन् । उनी हराएको कुरा कोरोनाको पीसीआर परिक्षण गर्दा थाहा भएको थियो । शुक्रबार राती अन्तिम पटक ती खेलाडीलाई युगान्डा टिमका साथीले देखेका थिए । ओलम्पिकको प्लेबुकका अनुसार कुनैपनि खेलाडी आफुखुसि बाहिर जान नपाउने उल्लेख छ ।

जापान पुगेपछि युगान्डा टिमका एक अफिसियलमा कोरोना देखिएको थियो । युगान्डा टिम जापान पुगेपछि जुलाई सात तारिखबाट प्रशिक्षण सुरु गरेको थियो । कोरोना संक्रमण भएका खेलाडीको रिपोर्ट नेगेटिभ आइसकेको छ । कोभिडका कारण नै गत वर्ष स्थगित भएको टोकियो ओलम्पिक जुलाई २३ बाट सुरु हुँदैछ ।