२० मंसिर २०७९, मंगलबार

भारतमा ७५ हजार करोड लगानी गर्ने गुगलको घोषणा

लेखाजोखा न्यूज

३० असार २०७७, मंगलबार १२:४९

नयाँ दिल्ली । गुगलले आगामी पाँचदेखि सात वर्षभित्रमा भारतमा ७५ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । गुगलका सीईओ सुन्दर पिचाईंले सोमबार भारतका लागि छुट्टै डिजिटाइजेसन कोष निर्माण गर्ने र त्यहिं मार्फत लगानी गर्ने जानकारी दिएका हुन् ।

गुगलले आफ्नो लगानी मुख्यतः चार क्षेत्रमा केन्द्रित हुने जनाएको छ । पहिलो हरेक भारतीयलाई उनीहरुको आफ्नै भाषामा सूचनाको पहुँच पुर्याउने गुगलको लक्ष्य छ । दोस्रो, भारतको अलग आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ बस्तु तथा सेवाको उत्पादन गर्ने ।

भारतीय कम्पनीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न व्यावसायीक सहयोग पुर्याउने गुगलको तेस्रो लक्ष्य छ । चौथोमा स्वास्थ्य, शिक्षा र कृषि जस्ता क्षेत्रमा प्रविधि र कृत्रिम बौद्धिकता(एआई)को प्रयोग बढाउने रहेको छ ।

गुगलका लागि भारत विशाल बजार हो । जहाँका युट्युब र एन्ड्रोइडका अधिक प्रयोगकर्ता छन् । भारतमा अहिले ५० करोडभन्दा बढी जनसंख्या अनलाइनमा रहन्छन्, जुन् विश्वमै धेरै हो । त्यहाँका ४५ करोडभन्दा बढी जनताले सक्रिय रुपमा स्मार्टफोनको प्रयोग गर्छन् । भारतमा अझै पनि त्यहाँका जनताले आफ्नै भाषामा बुझ्न सक्ने गरी प्रविधिमा सुधार ल्याउनुपर्ने अवस्था रहेको पिचाईले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend