२३ असार २०७९, बिहिबार

कांग्रेसले बाढी-पहिराे पीडितलाई प्रति परिवार २५ हजार दिने

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ५:१५

काठमाडाैं । कांग्रेसले बाढी- पहिरो पीडित परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ । बाढी-पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको समितिका संयोजक मोहन बहादुर बस्नेत जानकारी दिएका छन।

बाढी-पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी- पहिरो पीडित विपद् व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो ।

समितिले २०७८ बैशाख यता बाढी- पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने उनले बताए । उनले देशभरबाट बाढी तथा पहिरोले पुर्याएकाे भौतिक र मानवीय क्षतिबारे तथ्याङ्क सङ्कलन गरी राहत उपलब्ध गराइने जानकारी समेत दिए।

संयाेजक बस्नेतले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताए । बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी छन।

त्यसैगरी समितिका सदस्यहरूमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव रहेका छन । आमन्त्रित सदस्यहरूमा पूर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend