२३ असार २०७९, बिहिबार

पछिल्लो २४ घण्टामा थपिए २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमित

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ५:१०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ पीसीआर परीक्षणबाट १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणबाट ८ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय ६३ पुगेको छ।

यसैगरी गत २४ घण्टामा १ हजार ७ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर २६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend