२३ असार २०७९, बिहिबार

ओलीको युथफोर्सलाई काउन्टर दिन माधवको आयो अखिल फोर्स

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ४:५८

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स ब्युताएपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार एक कार्यक्रम गरी नेपाल निकट अनेरास्ववियूले अखिल फोर्स गठन गरेको हो ।

नेपाल समूहका अनेरास्ववियूका सह-अध्यक्ष वासिम आलमका अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्चाउनेविरुद्ध परिचालन हुनेगरी अखिल फोर्स गठन गरेका हौँ,’ आलमले भने ।

नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन अखिल फोर्स गठन गरेको जानकारी दिए।

‘ओली समूहलाई ‘काउण्टर’ दिन अखिल फोर्स गठन गरेका हौँ, ‘ उनले भने, ‘अब देशैभर संगठन निर्माण हुनेछ ।’ देशभरका क्याम्पस तथा जिल्ला तहमा अखिल फोर्स गठन गर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend