२३ असार २०७९, बिहिबार

ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने माधव पक्षको घोषणा

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ४:४६

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष नजाने भएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठकमा सहभागी नुहने नेपाल पक्षका सांसद मेटमणि चौधरीले बताए ।

नेपाल समूहमा बैठकमा नजाने सल्लाह भएको उनको भनाइ छ । ओली पक्षले बैठकमा नेपाल पक्षलाई बोलाएपनि पार्टी विवाद समाधन नभइ बैठकमा नजाने निर्णय गरेको बुझिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको नेपाल पक्ष सरकारमा सहभागी हुने तयारीमा छ । पुनःस्थापित संसदमा प्रमुख प्रतिपक्षी बनेको एमालेले आगामी रणनीति बनाउन बैठक बस्न लागेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend