२३ असार २०७९, बिहिबार

ओलीले बोलाए संसदीय दलको बैठक, माधव पक्षलाई पनि निम्तो

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ४:२१

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदलाई पनि सूचना पठाइएको छ ।

‘चालू संसद् अधिवेशनमा कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ भट्टराईले भने,‘ बैठकमा १२१ सासंदलाई नै खबर गरिएको छ ।’

 

एमाले विवाद समाधानका लागि गठित १० सदस्सीय कार्यदलले आइतबार एकताका लागि १० बुँदे सहमति गरेपनि अहिलेसम्म स्थायी र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन ।

बरु आफ्नै पार्टीका २३ सांसदको निर्णायक भूमिकाले ओली सत्ताच्यूत भएका छन् ।

बुधबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले पार्टीमा नेपाललाई कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए ।

यसअर्थमा शुक्रबार बस्ने दलको बैठकलाई चासोपूर्वक हेरिएको छ । नेपालपक्ष भने बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गरिनसकेको एक नेताले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend