२३ असार २०७९, बिहिबार

दक्षिण कोरियामा काेराेना सङ्क्रमितहरुको संख्या बढ्दै

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ४:१९

एजेन्सी । दक्षिण कोरियामा काेराेना सङ्क्रमितहरुको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा गएको शनिबार देखि कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् ।

हुनत अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend