बिद्यार्थी महोदय आर्डी भट्ट

लेखाजोखा न्युज
२९ असार २०७८, मंगलवार १२:५०

 

सके अन्लाईन क्लास जाँदै नजाऊ

गइ हाले नि ढिला जाऊ

सकभर आफ्नो भिडिओ बन्दै राख

मुख देखाउनु हुन्न, त्यहाँ लाज

पोतिएको छ!

गेम खेल्दै गर, आँखा मिच्दै गर

आफैंले बोलेको झुट आफैं पत्याऊ

शिक्षकहरू बोल्दै गर्छन्

तिनीहरूको कामै के छ र ?!

तिमी आफैंमा मस्त रहू

उत्तर त साथी ले दिई हाल्छ नि!

सजिलो छ:

बोल्न छोडेछन भने क्लास सकियो

टिकटक हेर, समय जावोस खेर

च्याट गर, बात गर

आमालाई `ब्यस्त´ छु भन

दोस्तलाई ‘मस्त’ छु भन

बुवालाई ढोका भित्र पस्न नदेऊ

बुनुलाई वरिपरि बस्न नदेऊ

अहिले खुब रम

साथीहरू सित जम

सके बत्ती थिएन भन

नत्र वाइफाइ गयो भन

सबैजना डाक्टर, पाइलट कहाँ बन्छन र !

सबैले सपनाको आकाश कहाँ चुम्छन र !

आज आँखा चिम्लेर बर्बाद होऊ

भबिस्य पक्कै आउला, फुर्सदमा खुब रोऊ

कोही ताली बजाउने पनि त चाहियो !

आजको दिन जान देऊ,

भोलि देखाजायेगा!

२०७८/०३/२९ भानुजयन्ती