१८ असोज २०७९, मंगलबार

रहेनन् बलिउड अभिनेता दिलीप कुमार

लेखाजोखा न्यूज

२३ असार २०७८, बुधबार २:१५

काठमाडौं । भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । दिलीप कुमारको बुधबार बिहान साढे सात बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको अस्पतालका डा। पार्करले जानकारी दिएका छन।

११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर ९हाल पाकिस्तान० मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।

बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनले पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए । उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend