थप दुई हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

लेखाजोखा न्युज
४ असार २०७८, शुक्रबार २०:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।