कांग्रेस बैठकको निर्णय: साउन १२ देखि तल्लो तहका अधिबेशन सुरु हुने

लेखाजोखा न्युज
४ असार २०७८, शुक्रबार २०:००

काठमाडौं। नेपाली कांग्रेसको बैठकले १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिका पारित गरेको छ। शुक्रबार बसेको केन्द्रिय कार्य समितिको बैठकले महाधिवेशन सम्बन्धी उक्त प्रस्ताव पारित गरेको छ ।

जसअनुसार अब गाउँ नगर वडा अधिवेशन २०७८ साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन २०७८ साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७८ साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ साउन २३ गते हुनेछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ साउन २६ गते, प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने गरी गरिएको प्रस्ताव पारित गरेको हो ।