ओलीसँग असन्तुष्ट पूर्व माओवादीहरु किन पुगे निर्वाचन आयोग ?

लेखाजोखा न्युज
४ असार २०७८, शुक्रबार १७:५३

नेकपा एमाले नेता टोपबहादुर रायमाझी र प्रभु शाह निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको उनीहरु निर्वाचन आयोग पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेका थिए । एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेको बुझिएको छ । रायमाझी र साह आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल लामो छलफल गरेको बुझिएको छ ।

मन्त्रपरिषद विस्तारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग असन्तुष्टि जनाएका उनीहरु निर्वाचन आयोग पुग्नुलाई नयाँ पार्टी दर्ताको तयारीका रुपमा हेरिएको छ ।