पोखरेललाई मुख्यमन्त्रीमा तत्काल नियुक्त नगरिएकोमा उपसभापति निधिको आपत्ति

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार २१:३५

गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरिएकोमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन् ।

शुक्रबार विपक्षी गठबन्धनकातर्फबाट बहुमत (३१) सांसदको हस्ताक्षर गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाउँदा पनि तत्काल नियुक्ति नगरिएकोमा निधिले विरोध जनाए ।

उनले लेखेका छन्, ‘गण्डकी प्रदेशमा बहुमत पुग्ने ३१ जना सदस्यसहित उपस्थित भएपनि मा. कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन हो।’

गण्डकी प्रदेश प्रमुखबाट अति भएको निधिको भनाइ छ । ‘चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन। अति भय‍ो,’ निधिले आक्रोश पोखे ।

WP2Social Auto Publish Powered By : XYZScripts.com