गण्डकी प्रदेशमा सरकार बनाउन विपक्षी गठबन्धनको दावी पेस

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार १७:५०

पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख समक्ष आफ्नो दावी पेस गरेका छन।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेश प्रमुख समक्ष गएका हुन् ।

विपक्षी गठबन्धनमा ३१ जना सांसद रहेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहितका सांसद रहेका छन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि २४ घण्टाको समय दिएर दावी पेस गर्नआह्वान गरेकी थिइन्

WP2Social Auto Publish Powered By : XYZScripts.com