ओली मुक्त देश बनाउने सभामुख र सर्वदलीय बैठकको निष्कर्ष

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार १७:३२

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ । संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे सभामुखले पूर्वप्रधानमन्त्री र राजनीतिक दलका नेतासँग छलफल गरेका हुन् ।

सभामुखसँगको वैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डां बाबुराम भट्टराई सहभागी थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको बताए । सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “संविधान मन नपराउने शक्ति यसमा खेलेका छन् । सचेत भएर अघि बढ्न सकेनौँ भने व्यवस्था उल्ट्याइदिने तयारी भइरहेको छ ।”

उनले पटक पटक भइरहेको संसद् विघटन पनि त्यसैको तयारी भएको बताए । “पटक पटक संसद् विघटन गरियो,” उनले भने, “चुनाव नभएपछि संविधान फेल हुन्छ । त्यसमा खेल्ने ग्र्यान्ड डिजाइन भइरहेको छ ।”

उनका अनुसार नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेको छ ।

लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले अन्य प्रदेशमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीहरु रहेका सरकार ढल्ने बताए ।

उनले आफूहरु लोकतन्त्रलाई जोगाउनका लागि संघर्ष गर्न तयार रहेको उनले बताए। ‘तर, अहिले हाम्रो आस्था सर्वोच्चमा छ। सर्वोच्चप्रति हाम्रो ठूलो आस्था भएकोले त्यहाँबाट न्याय पाइन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भने।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com