गण्डकीमा विपक्षी गठबन्धनले आजै मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार १६:१३

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललेद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बुहमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालयका जाने काँग्रेस सांसद विन्दुकमार थापाले जानकारी दिए ।

त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय पनि मागिएको उनको भनाइ छ । अहिले गठबन्धनका सांसदहरु भेला हुने क्रमम सुरु भएको छ । थापाका अनुसार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गर्न लागिएको हो ।

आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् ।

उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक दीपक मनाङे गरी कुल ३१ सांसदका हस्ताक्षरसहित दाबी पेस गरिँदै छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com