गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार १५:४१

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन ।

मुख्यमत्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।

नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् । अब गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बन्ने पक्का भएको छ ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com