महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए पदाधिकारी बैठक

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार १५:१३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो २ बजेका लागि आफ्नो बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भानुका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ ।

यी दुवै प्रतिकुलतकाबीच आगामी भदौंभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस रहेको छ । वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर काँग्रेसमा तयारी छ ।

काँग्रेस सभापति देउवाले पनि भदौंमा महाधिवेशन हुने र आफू पूर्ण प्रतिबद्ध भएको बताइसकेका छन् ।

जेष्ठ २५ गते नै पार्टीको शीर्ष तहका महाधिवेशनबारे छलफल गर्ने देउवाको तयारी भएपनि नेता कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाबाट नर्फिएकाले रोकिएको थियो । सिटौला फर्किएसँगै देउवाले भोलिलाई बैठक बोलाएका छन् ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com