काँग्रेस नेता गणेश लामालाई रिहा गर्न जिल्ला प्रशासन कास्कीको आदेश

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार १४:४८

पोखरा । नेपाली काँग्रेसका नेता गणेश लामालाई रिहा गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश दिएको छ ।

लामा सहित ३ जनालाइ कास्की प्रहरीले बिहिवार निषेधाज्ञा उल्लंघन गरेको भन्दै पोखराको एक होटलबाट पक्राउ गरेको थियो।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले लामासहित पक्राउ परेका अन्य दुईजना चन्द्र लामा र रमेश खड्कालाई पनि रिहा गर्न आदेश दिएका हुन।

लामासहित तीनै जना विना सर्त रिहा हुन लागेको नेपाली काङ्ग्रेस कास्कीका सभापती कृष्ण केसीले बताए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com