सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, ओलीद्वारा बहिस्कार

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार ०८:५८

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले दिउँसो २ बजे बैठक बोलाएका हुन्।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्।

प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएक थिए।  सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री ओली भने बैठकमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । “प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो,” सल्लाहकार थापा भन्छन्, “प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न ।”

WP2Social Auto Publish Powered By : XYZScripts.com