दीपक मनाङेले दिए राजीनामा

लेखाजोखा न्युज
२७ जेष्ठ २०७८, बिहीबार २३:०३

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार संसद्मा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले आजैबाट लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com