प्रधानमन्त्री ओलीलाई एकै दिन चार झट्का

लेखाजोखा न्युज
२७ जेष्ठ २०७८, बिहीबार २२:३६

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई एकै दिन चार झट्का लागेका छन् । तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ भने एक झड्का प्रदेशसभाबाट आएको छ ।

ओलीका विश्वासपात्र गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको मुख्यमन्त्री पद गुमेको छ । यता सर्वोच्च अदालतले एकै दिन बिहीबार ओलीसँग जोडिएका तीन वटा आदेश दियो ।

त्यसमध्ये पहिलो झट्का हो प्रधानमन्त्री ओलीले जसपा महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी हुनु माग सम्बोधनका लागि ल्याएको नागरिकता सम्बन्धी अध्यादेश कार्यन्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ ।

अध्यादेश प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ नौ गते जारी गरेकी थिइन् ।

त्यसैगरी ओलीलाई सर्वोच्चले दोस्रो र तेस्रो झट्का पनि सर्वोच्चको आदेशले बिहीबार नै दिएको छ । गत जेठ १० गते बसेको एमाले बैठकले कर्णालीका चार प्रदेश सांसदको कारवाही गर्ने निर्णय अस्वीकार गर्दै र कारवाही गरेका सदस्यहरुलाई पुनर्बहाली गर्न सर्वोच्चले आदेश छ ।

दशौं महाधिवेशन आयोजक कमिटीको तर्फबाट गरेका काम कारवाहीहरु मान्य नुहने सर्वोच्चको फैसलाले ओलीलाई अर्को झट्का थपिदियो ।

यसबाट ओलीले अन्य नेताहरुलाई गर्ने कारबाहीले समेत मान्यता नपाउने भएको छ ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com