निषेधाज्ञाको अवधिमा कर नतिरे वाफत जरिवाना नलिन आग्रह

लेखाजोखा न्युज
२६ जेष्ठ २०७८, बुधबार २०:१९

काठमाडौं। निजी क्षेत्र सम्बद्ध व्यावसायिक संघ, संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने राजस्व तथा कर नबुझाए बाफत जरिवाना नलिन सरकारसँग आग्रह गरेका छन।

उनिहरुले ब्यबसायीहरुले मासिक रुपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका हुन।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज एक संयुक्त विज्ञप्तिमार्फत कोभिड–१९ महामारीको असर देखिन थालेको डेढ वर्षको अवधिमा सरकार र निजी क्षेत्रबीचको सहकार्यले पुनरूत्थानमा केही सहयोग पुग्न गएको तथा आगामी दिनमा पनि अवसर र जोखिम बाँडेरै यो महामारी र आर्थिक मन्दीबाट माथि उठ्न सकिने जनाएका छन् ।

अहिलेको विषम परिस्थितिका कारण एकातिर उद्योग व्यवसाय सञ्चालन हुन नसकेका र जेनतेन चलेका उद्योग व्यवसायका उत्पादन पनि निर्वाध रुपमा बजारसम्म पुर्याई बिक्री वितरण गरी रकम सङ्कलन गर्न नसकिएको विज्ञप्तिमा जनाइएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com