अमेरिकन खोप कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा खोप परीक्षण गर्दै

लेखाजोखा न्युज
२६ जेष्ठ २०७८, बुधबार १२:३३

काठमाडाैं । अमेरिकी खोप कम्पनी फाइजरले आफूले विकास गरेको कोरोना विरुद्धको खोप १२ वर्षभन्दा कम उमेरको बालबालिकामा परीक्षण गर्ने भएको छ ।

फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गने भएको हो । यसअघि फाइजरको खोपले १२ वर्षभन्दा माथिका व्यक्तिमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ ।

फाइजरको खोपले अमेरिका, क्यानडा र युरोपियन युनियनमा १२ वर्षभन्दा माथिको व्यक्तिमा आपत्कालीन प्रयोगको अनुमति पाएको हो । अब फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यसको प्रभाव थाहा पाउन परीक्षण गर्न लागेको हो ।

जसका लागि ४ हजार ५०० बालबालिकामा परीक्षणको तयारी गरिएको कम्पनीले जनाएको छ । फाइजरले अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा बढी क्लिनिकहरूमा परीक्षणको तयारी गरेको जनाएको छ ।

जसमा १२ वर्षमुनिका ४ हजार ५०० बालबालिका सहभागी हुनेछन् । फाइजरले १ वर्षभन्दा माथि उमेरका व्यक्तिमा ३० माइक्रोग्राम डोजको खोप लगाउँदै आएको छ । तर, १२ वर्षमुनिका बालबालिकामा भने यसको डोज कम गर्ने उसले जनाएको छ ।

अब फाइजरले सुरक्षा र सहनशीलताको आधारमा ५ देखि ११ वर्षसम्मका बालबालिकामा १० माइक्रोग्राम डोज र ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि ३ माइक्रोग्राम डोजको खोप लगाउने तयारी गरेका छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com