भारतमा पछिल्लो २४ घण्टामा १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण

लेखाजोखा न्युज
२५ जेष्ठ २०७८, मंगलवार १७:५३

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । पछिल्लो एकदिनमा भारतमा थप ८६ हजार ४ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सवभन्दा कम हो । कोरोना सङ्क्रमण शुरु भए यता भारतमा सङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १ सय ९ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय मङ्गलबार जानकारी दिएको छ ।

त्यसैगरी भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही समय यता ज्यान गुमाउनेको संख्यामा पनि केही कमि भने आएको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा २ हजार १ सय २३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भए संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३ सय ९ पुगेको छ । गत २४ घण्टामा भारतमा १ लाख ८२ हजार २ सय ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यसैसँग भारतमा हालसम्म २ करोड ७३ लाख ४१ हजार ४ सय ६२ जना व्यक्ति कोरोना मुक्त भएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com