भारतमा दुई महिनायताकै सबैभन्दा कम संक्रमण, मृत्यु हुनेको संख्यामा पनि कमी

लेखाजोखा न्युज
२३ जेष्ठ २०७८, आईतवार १४:०७

काठमाडौं । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर बढदै जादा दैनिक ४ लाखभन्दा बढी संख्यामा संक्रमितहरु पुगे संगै पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।

भारतमा यो सहित कुल २ करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् । कोरोनाको दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६ सय ७७ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यो संगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ७ सय ५९ पुगेको छ । भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा कुल सक्रिय संक्रमितको संख्यामा ७७ हजारले कमी आएको छ ।

विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ । गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइ सकिएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com