खेलाडीले भिसा पाउनु भिक मागेजस्तै हुने भयो : सन्दीप लामिछाने

लेखाजोखा न्युज
२३ जेष्ठ २०७८, आईतवार ०८:४०

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाको समस्याका कारण आफूले विदेश जान नपाउनु खेलाडीको भविष्यमाथि खेलबाड भएको बताएका छन् ।

भिसाकै समस्याका कारण सन्दीपले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।

सन्दीपले नेपाली खेलाडीले चान्स पाउँदैन भन्नुभन्दा पनि चान्स पाएको खेलाडीलाई राम्रो व्यवस्थापन गरिदिन अग्रह गरेका छन् । खेलाडीहरुले भिसाको समस्याका कारण अवसर गुमाउनु परिरहेको उनको भनाइ छ ।

“नेपाली खेलाडीले चान्स पाउँदैन भन्छन् । चान्स पाउँदा कसैले सहयोग पनि गर्दैन । राष्ट्रको गहना भन्छन् । तर, एउटा देशको भिसा पाउन भिक मागेजस्तो गर्नुपर्छ,” सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभमा भने ।

सन्दीपले आफूले २६ मेमा स्टाटस लेखेको भिसाको समस्याको विषयमा भनेको र कसैले त्यसको प्रतिक्रिया नदिएको बताए । भिसा ढिलो आउँदा क्लबद्वारा कन्ट्याक्ट रद्ध भएर आउने समयसम्म पनि कसैले सहयोग नगरेको उनले बताए ।

सन्दीपले अब जाँदा पनि २० दिन क्वारेन्टिनमा बस्दा पनि असहज हुने बताए । सन्दीप २६र२७ मे भित्र पुगिसक्नुपर्ने थियो ।

“एसोसियट राष्ट्र भएकाले हामीलाई यस्तो खाले अवसहरु एकदमै महत्वपूर्ण हुन्छ । हरेक देशका खेलाडीहरु गएका छन् र खेलेका छन् । त्यो अवसर कमै खेलाडीलाई मिल्छ, त्यसमा म पनि हुँ । यो अवसर फेरि पनि पाउन्छु, नपाउने भन्ने होइन । यस्तो भिसाको समस्या धेरैपटक आएको छ । अन्तिमपटक मैले यूएस जाँदा पनि यस्तै खालको ढिला भएको थियो,” सन्दीपले भने ।

सन्दीपले आफूले भिसा शुक्रबार मात्र पाएको बताए । भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ । सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । सन्दीप पहिलोपटक यो प्रतियोगिता खेल्ने तयारीमा छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com