फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

लेखाजोखा न्युज
२२ जेष्ठ २०७८, शनिबार २१:३१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।

प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ। यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com