जर्मनी बराबरीमा रोकियो

लेखाजोखा न्युज
२० जेष्ठ २०७८, बिहीबार ०९:५५

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा जर्मनीले डेनमार्कसँग बराबरी खेलेको हो ।

जर्मनीले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेको हो । अष्ट्रियामा भएको खेल पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

खेलमा सुरुवाती अग्रता जर्मनीले बनाएको थियो । खेलको ४८औँ मिनेटमा फ्लोरिन नेउहसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । डेनमार्कका लागि खेलको ७१औँ मिनेटमा युसुफ पाउलसेनले टिमका लागि बराबरी गोल फर्काए ।

युरोकप फुटबलको तयारीका लागि जर्मनीले डेनमार्कसँग मैत्रीपूर्ण खेल खेलेको हो । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदै छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com