बेमहसुसमा यो कस्तो प्रेम ?

लेखाजोखा न्युज
१९ जेष्ठ २०७८, बुधबार १४:००

बेमहसुसमा यो कस्तो प्रेम ?

मेरो म्यासेजको जवाफ नआउँदा मन बेचैन भैदिन्छ।

एकपटक मैले सत्यकुरा बताउँदा पनि ुमेरो माया पाउन नाटक गरेकोु भनेको कुरा मनमा अहिले पनि ताजा भैदिन्छ । तर पनि ऊ प्रति झिनो गुनासो छैन्।

यस्ता थुप्रै उनका गल्तीहरु एक अनाडी सम्झेर माफी गर्दिन् सक्ने क्षमता विकसित छ म मा।

ऊ मलाई मन नपर्ने कुराहरुमा ज्यादा तल्लिन भएको भान हुन्छ मलाई।

मनले सायद सामिप्यता खोजेको होला। कहिले काँहि उसको म्यासेज फोन आइदियोस् जस्तो लाग्छ । तर सपनामै सीमित रहन्छन् यी कुरा।

उल्टो मेरो फोन रिसिभ गरेर ुम विजि छुु भन्दा कस्तो बेचैन महसुस हुन्छ।

मन चर्रक्कै गर्छ। छाति एक्कासी चिरिएको महसुस हुन्छ, पानीले तिर्खाएर धाँजा फाटेको खेतजस्तै।

फेरि पनि मनले टाढा ठानेको छैन्। आखिर माया त माया हो। एकदिन उसको मन फर्किने ठूलो आशा लिएर बसिरहेछु।

कसलाइ के थाहा भोलि अनि भोलिको झोलि ?

पूजा शर्मा प्रकृतिप्रेमी

WP2Social Auto Publish Powered By : XYZScripts.com