२०३७ सालतिर हुँदा होला खाना खाएर सुत्दा हामी घरका ५ जना मात्रै थियौ तर विहान उठदा घर भरी मानिसहरु सुतेको देख्दा दंग परे । राती वासै वस्ने गरी को ईष्ट मित्रहरु आउनु भएको रहेछ मनमा कुरा खेले । राती कहा के भएछ, वरी परी विवाह, पुजा जस्ता समाजिक कार्यहरु पनि केही भएका छैनन कसरी यति धेरै मानिसहरु आउनु भयो भन्ने मनमा लागि नै रह्यो ।
एक छिन पछि सबै जना उठ्नु भयो । तर ५,७ जना मानिसमा एक जना पनि चिनेको छैन । सवै जना हसिला, फरासिला कस्तो अचम्म । बुबाले चिनाउनु भयो नाम याद भएन तर काका भन्नु पर्छ भन्नु भयो । हात मिलाउनु भयो । त्यो भन्दा पहिला कसैसँग हात मिलाएको याद छैन । आमाले खाना बनाउनु भयो । सबै जना खाना खाए पछि वहाँहरु पनि आर्मीले बोक्ने जस्तो खैरो झोला वोकेर निस्कनु भयो भने म, दिदि र भाइ पनि स्कुल जाने तयारी गर्यौ ।
स्कुल जाने वेलामा बुबाले हामीलाइ एकै ठाउँमा राखेर भन्नु भयो कसैले घरमा को आएका थिए भनेर सोधे भने माझठन मामाको गाउँतिरका मानिस आएका थिए गए भन्नु भनेर सिकाउनु भयो । काकाहरु बेलाबेलामा आइरहनु हुन्छ वहाँहरु आएको कुरा कसैलाई नी भन्न हुन्न भनेर सिकाउनु भयो । त्यसपछि निरन्तर काकाहरु आउने जाने क्रम निरन्तर चल्यो । वहाहरुको नाम अगाडी कमरेड भनेर सम्वोधन गरिन्थ्यो । विस्तारै गाउँका अरु छिमेकीहरु आउन थाल्नु भयो वहाँहरुलाई पनि कमरेड भनेर सम्वोधन गरिन्थ्यो । हामी ससाना केटाकेटीहरु पनि वहाँहरुको सिको गर्दै कमरेड भन्थ्यौ, उप नामहरु राख्थ्यौ । चिन भनेको एकदम राम्रो र विकसीत देश भन्थौ, भारत सामन्य देश हो भन्थ्यौ ।
काका कमरेडहरुका विचार, कुरा गर्ने तरिका, शब्द चयनहरुले हामीलाइ निकै प्रभावित पार्दथ्यो । फुर्सदमा वहाँहरुले हामीलाइ आफ्ना कुराहरु सिकाउनु हुन्थ्यो, कम्युनिष्ट भनेको कस्ता हुन्छन, पञ्च काँग्रेस भनेका कस्ता हुन्छन भनेर सिकाउनु हुन्थ्यो र विद्यार्थीहरु अनेरास्ववियुमा संगठीत हुन पर्दछ भन्नु हुन्थ्यो र पहिलो पटक ७५ पैसा तिरेर हो जस्तो लाग्छ कक्षा ४ पढदा अनेरास्ववियुको सदस्यता लिएको । वहाँहरुका कुरा राम्रा लाग्थ्यो तर कति वुझियो कति वुझिएन होला तर आज फर्केर हेर्दा ती कुराहरुको मनमा गहिरो छाप परेको रहेछ । राजा ठीक होइनन राजा फालेर गणतन्त्र ल्याउनु पर्दछ भन्नु हुन्थो । राती राती घरमा आउने मानिसहरु देख्दा ती मानिस कम्युनिष्ट हुन र ति साच्चै आफन्त हुन जस्तो लाग्थ्यो ।
त्यतिवेला कागतमा चिठी लेखेर स्टिच गरी पठाउने चलन थियो जसले त्यसरी चिठी पठाउनु हुन्छ वहाँ पनि कम्युनिष्ट हो भन्ने थाहा पाउन थाल्यौ । यसरी हाम्रो गाउँमा को कम्युनिष्ट हो सवै चिन्न थाल्यौ । काका कमरेडहरु आउदा कहिले वाल कथा, कहिले सचित्र चिन, डकर्मीको कथा, जनताका गितहरु, भुत प्रेतको कथा, सिन्धुलीको व्याथा जस्ता कितावहरु पनि ल्याइदिनु हुन्थ्यो । हामी जनताका गितहरु गाउथ्यौ । कहिले काही जनताका गितहरु सुन्ने कार्यक्रम हुन्थ्यो र गाउँ भरीका कम्युनिष्टहरु एक ठाउँमा जम्मा भएर टेप रेकर्ड खोजेर सवैले चन्दा उठाएर व्याट्री किनेर गित हुरु सुन्थ्यौ ।
ती गीहरु सुने पछि बुबाले गाउदै हिडनु पर्छ भन्नु हुन्थ्यो । शितल पर्यो छाया, गरिवले गरिवलाइ गर्नु पर्दछ माया, भेडी गोठमा गोठालाले फुक्दा बासुरी, ल्युसुन तिम्रो सम्झनाले तान्यो बेसरी, हिमाल मुनि नी वैनि छहरे छागो ……जस्ता गितहरु गाउदै हिड्थ्यौ । वुवाहरु मात्रै होइन, आमाहरु पनि संगठीत हुन थाल्नु भएको थियो र दिन भरीको काम धन्दा सकारएर वेलुका गाउँ भरीका काकीहरु, ठुली आमाहरु, दिदीहरु भेला भएर छलफल गर्ने गर्नु हुन्थ्यो । पुरुषहरुले वनाएका पोस्टरहरु गोवरले टास्दै रात भरी हिड्नु हुन्थ्यो । एकदिन अचम्म लाग्यो, भिर्चोक स्कुलमा हामीलाई सामाजिक पढाउने तुलसा थापा म्याडाम (हाल संघिय संसद) पनि घरमा आउनु भएको थियो वहाँलाइ देख्दा वहाँ पनि कम्युनिष्ट हुनु हुदो रहेछ भन्ने लाग्यो । त्यसपछि वहाँ हरिस र अजिता सहित नियमित जस्तो आउने जाने गर्नु हुन्थ्यो । कतिपटक म बहालाई पुर्याउन हाम्रो घरवाट वहाको डेरा सम्म पनि गएको याद छ ।
वुवा अर्ध भुमिगत हुनु हुन्थ्यो । आमाले एक्लै खेतीपाती, हाम्रो देख भाल पार्टीको सेल्टरमा आउने कमरेडहरु र पार्टीको काम सबै जिम्मेवारी पुरा गर्नु भएको थियो । हामीहरुलाई घरमा कमरेडहरु आउदा एकदम खुशी लाग्थ्यो सम्वन्धहरु आत्मिय हुन्थे । आज फर्केर सम्झीदा अचम्म लाग्दछ गाउँवेसी गरेर खर्चको जोहो गर्न पर्ने निम्न मध्यम वर्गीय परिवारमा दैनिक अतिथीहरुको आगमन, त्यसको व्यवस्थापन एक दम निस्वार्थ भएर व्यवस्थापन गर्दा मेरा वा आमालाइ कति गाह्रो भयो होला तर कहिल्यै गुनासो गर्नु भएन सधै गौरव नै गर्नु भयो ।
आमाले सधै भन्नु हुन्थ्यो हामीले अलि अलि दुख गरेर के हुन्छ र हाम्रो पार्टीको सरकार आयो भने देस भरीका हामी जस्ताका सुदिन आइहाल्छन नी भन्नु हुन्थ्यो २ वर्ष अगाडी अस्पतालमा भेट भएका माननीय यज्ञ सुनुवारलाइ वाटो नविराउनु है वावु पार्टीको जिम्मेवारी ठुलो छ भन्दा माननीय ज्यु भावविहोल हुदै ढोग्नु भएको थियो । आमा गत वर्ष दम र थाइराइड क्यान्सरले गर्दा स्र्वगवास हुनु भयो । २०४० सालमा हाम्रो परिवार कास्कीवाट पर्सामा बसाइ सरेर गयो ।
गादीको रंगपुरमा कम्युनिष्टहरु थिएनन वुवाले त्यहा सम्पर्क खोज्नु भयो, केही मशालका साथीहरु सम्पर्कमा आउनु भयो र २०४३ साल तिर अरु पार्टीका कमरेडहरु सम्पर्कमा आउनु भयो र निरन्तर संगठन विस्तारमा लाग्नु भयो । २०४३ सालमा पञ्चायताको चुनाव उपयोग गर्दै युवा संघको चुनावमा सभातिमा निर्विरोध जित्नु भयो र समाजसेवा गर्न थाल्नु भयो । वहाँ निस्वार्थ सेवाले समाजमा गहिरो छाप परेको आज पनि त्यहा प्रसंसा गरिन्छ । पञ्चायत विरोधी आन्दोलनमा हामी अग्रमोर्चामा लाग्यौ र वुवा वहुदल आएपछि संगठन निर्माण गर्न गाउँ गाउँ जानु भयो । यो कथा लामो छ । समग्रमा वहाँले करिव १६ वर्ष निरन्तर पर्सा जिल्ला कमिटीमा काम गर्नु भयो र कहिल्यै प्राप्तीको आस गर्नु भएन र हामीलाइ पनि पार्टीवाट कहिल्यै केही आस नगर्नु भनेर सिकाउनु भयो । वहाँले पाचौ राष्टिय महाधिवेशनमा सहभागी भएर जनताको बहुदलिय जनवादको पक्षमा मत जाहेर गर्नु भएको थियो ।
हामीहरुले पनि अनेरास्ववियुमा आवद्ध भएर निष्टा पुर्वक काम गर्यौ । आफनो दक्षता र क्षमतामा उभिनु हो सिफारीश र कोटो नखोज्नु भन्नु भएको छ । यो कथा निकै लामो छ तर यहाँ किन उठान गरिएको भने यो एक प्रतिनीधि कथा मात्रै हो । यस्ता कथा ७७ जिल्ला ७५३ पालिकाका सबै वडाहरुमा छन् । मेची देखी महाकाली र तराइ देखी हिमाल सम्मका गरिव, भोका, नांगा, दलित, मधेशी, हेपिएका, चेपिएका हामी जस्ता हजारौको गास काटीएर, हजारौ आमा दिदीहरुको सिउदो उजारीएर, रत्न वान्तवा, क्रृषि आजाद, फणिन्द्र तिमिल्सीनाजस्ताहरुको जीवनको आहुती, केपी शर्मा, राधाकृष्ण मैनाली, सिपी मैनाली, मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल जस्ता हजारौको जवानीको कुर्वानी दिएर वनेको नेकपा हो ।
स्मरणहोस यो कसैले एक दिनमा चमत्कार गरेर वनेको पार्टी होइन । यो पार्टीमा आवद्ध हुने र आवद्ध नभए पनि सदभाव र माया गर्ने हजारौको त्याग र वलिदानको परिणाम हो यो । हामीलाइ भनिन्थ्यो पार्टीको सदस्यता लिन कति स्टेज पार गर्नु पर्दछ । कम्युनिष्टहरु अरु भन्दा किन फरक छन भनेर प्रमाणीत गर्नु पर्दछ । अध्ययन गर्नु पर्दछ । माओका रेड वुक वोकेकै कारण कति विद्यार्थी साथीहरुको अंग भंग भएका छन । हसिया हथौडा झण्डाका कारण ज्यान गएका छन ।
यो पार्टी कसैले एक रातमा भाषण गरेर वनेको होईन । निश्चित रुपमा नेतृत्वको त्याग र तपस्या प्रेरणा दायी छ । एक एक सदस्य वनाउन यसका नेता र अगुवा कार्यकर्ताको लगानी थियो तर जव विस्तारै पार्टीले शक्ति आर्जन गर्यो तव यस पार्टीमा तटस्थ र अन्य पार्टीका नेता कार्यकताहरु प्नि आकर्षित भए । सर्वाहराको नेतृत्व स्थापित गरेर सामाजिक न्याय सहितको राज्य व्यवस्था निर्माण गर्ने पवित्र उद्धेश्य राखेर हिडेको पार्टीमा क्षणिक स्वार्थका लागि लागि समाजका टपर टुइयाहरुले सहज प्रवेश पाउन थाले भने पार्टी भित्रकै कतिपय नेता तथा कार्यकर्ताहरु पनि निकै चलाख वनेर पार्टीको आदर्श, क्रान्तिकारी छवि, कम्युनिष्ट आदर्श आदीलाई तिलाञ्जली दिन थाले । पञ्चहरुको क्रुर पञ्जावाट वचेको पार्टी दलाल र विचौलीयहरुसँग हार्यो । सम्पुर्ण नेपाली र नेपालको हित गर्ने समाजवादको विरुद्ध नवउदारवादीहरु हावी भए ।
नेकपा एमाले वृहत नागरीक जनचेतना जगाउदै नागरीकहरुलाइ संगठीत गर्दै वहुदलिय जनवादको सैद्धान्तिक मान्यतामा देशै भरी फैलिएको थियो भने नेकपा माओवादी आफना क्रान्तिकारी कार्यक्रम मार्फत सामन्तवादको समुल नष्ट गर्दै अगाडी वढीरहेको वेलामा २०६२ सालमा दुई ठुला पार्टीहरुको रुपमा स्थापित भए देखी नै नेपालका कम्युनिष्ट समर्थकहरुमा एक प्रकारको आशा र भरोशा पलाएको थियो । तत्कालिन नेतृत्वको अहमता, अदुरदर्शीता र गैरजिम्मेवारी पनले गर्दा त्यतिखेर नै एकिकृत हुन पर्ने कम्ययुनिष्टहरु वीच एकता हुन सकेन ।
एकता नहुनुमा दुवै पार्टीको नेतृत्वमा वैचारीक अन्यौलता र अस्पष्टता थियो । यदि त्यतिवेला एकिकृत भएको भए नेपालको शासकीय स्वरुप नै फरक हुन्थ्यो र नेपालको राजनीतिक चरित्र वदलिएको हुन्थ्यो । तर विडम्वना देशमा कम्युनिष्ट संगठन र जनमत मजवुद भयो तर कम्युनिष्ट आदर्श, निष्ठा, आन्दोलन, पहिचान कमजोर भयो । दोश्रो संविधान सभाको चुनाव सम्म त कम्युनिष्ट शक्ति यति कमजोर भयो की कम्युनिष्टहरु पुँजीवादीहरुको पिछलग्गु मात्रै भए र उनीहरुकै एजेण्डा अनुसारको संविधान वनाए ।
संविधान वनेपछि पनि कम्युनिष्टहरुको राम्रै उपस्थिती वनेको थियो तर देश र जनताप्रतिको जवाफदेहीहिनताका कारण र सिद्धान्तहिनताका कारण केही समय सरकारमा वसे पनि जनतामा कम्युनिष्ट सरकार भन्ने कुनै अनुभुति भएन । एक प्रकारले कम्युनिष्ट भनेको फगत एउटा नाम वाहेक केही होइन भन्ने सन्देश प्रवाह भयो । कम्युनिष्ट र काँग्रेसमा केही फरक नै रहेन । शायद त्यस प्रकारको महशुशीकरण भएर होला २०७४ सालमा पार्टी एकिकरणको प्रयास भयो र निकै नाटकीय रुपमा पार्टी एकिकरण पनि भयो । एकिकरण जस्तो पवित्र कार्यलाइ देशै भरीवाट स्वागत गरियो र एउटा भरपर्दो पार्टीको रुपमा स्थापित भई सरकार समेत वन्यो । त्यो सरकारवाट नागरीकहरुले निकै अपेक्षा गरेका थिए ।
हिजो कम्युनिष्ट पार्टीलाइ गास काटेर हुर्काएकाहरु, सदियौ देखी सामन्ती थिचोमिचोमा परेका दलितहरु, गरिवहरु, रुढीवादी र अन्धविश्वासी परम्पराले सताइएका महिलाहरु, मान सम्मान र पहिचान खोजीरहेका जनजाती, मधेशी, मुसलमानहरु यस पार्टीलाइ भोट हाल्ने र नहाल्नेहरु, रोजगारीको नाममा विदेशीको अपमान सहदै कष्टपुर्ण जिवन यापन गरिरहेका युवाहरु सवैले अव त सुदिन आउने भए भनेर आश गरेका थिए तर त्यस्तो केही भएन ।
सरकार नवउदावादको वाटोमा निरन्तर अगाडी वढ्यो । कम्युनिष्ट आदर्श, सिद्धान्त सरकारका कार्यक्रममा कतै देखिएन । २०५१ सालमा सरकारलाइ सफल वनाउन पार्टीको पनि त्यक्तिकै भुमिका थियो । त्यतिवेला सरकार र पार्टीको सम्वन्ध नंग र मासुको जस्तो थियो । सरकारका हर कृयाकलापहरु पार्टीले अनुमोदन गर्दथ्यो । यति सम्म की एक जना सहायक स्तरको कर्मचारीको नियुक्ति पनि वल्खुको रेकर्डमा हुन्थ्यो । त्यस प्रकारको अभ्यासले पार्टी र सरकारलाइ जोडेको थियो ।
तर यसपटक पार्टीको साख, सिद्धान्त र व्यवहार अनुसार सरकारका कृयाकलापहरु पार्टी पक्तिले अनुभुति गर्न सकेन । जनताको बहुदलिय जनवाद सरकारको नीति तथा कार्यक्रममा देखिएन । सरकार जनताको बहुदलीय जनवाद प्रति उदासिन देखीयो र नवउदारवाद मै रमायो जुन सरकारको गम्भिुर भुल थियो । चिनिया कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दछ र पार्टीको नीति अनुसार सरकारका नीति तथा कार्यक्रमहरु तय हुन्छन । पार्टीले पारित गरेका कार्यक्रम लागु गर्नु सरकारको कतृव्य हो । तर यहाँ त सरकारको नीति अनुसार पार्टी चल्ने हो की पार्टीको नीति अनुसार सरकार चल्ने भन्ने नै नीकै अन्यौल रह्यो ।
संभवत एकिकरण प्रकृयामा नै रहेकोले माओवादीसँगको सैद्धान्तीक मतभेदले सोचे जस्तो भएन होला तर अव त सिंगो एमालेलाई एकतावद्ध वनाउने कुरामा कुनै वाहना वा तर्क कुतर्कले पुष्टि गर्दैन त्यसकारण फरक तरिकाले सोच्नै पर्दछ । तपाइहरुले जे भन्नुहोस तर यो देशका बच्चा बच्चालाइ थाहा छ अहिलेको बिबाद किन र के का लागि भइरहेको छ ।
यो कुनै सिद्धान्त, निष्ठा र आदर्शको लागि होइन केवल पदलोलुपता र व्यक्तिगत कुण्ठा हो । तपाइहरुको नेतृत्व युगौ सम्म त होइन होला ? तपाइहरु पछाडी यो देशलाइ सानदार तरिकाले हाक्न सक्ने प्रतिकुलतालाइ अनुकुलतामा वदल्न सक्ने घाम पानिमा खारीएको बौद्धिकता, निष्ठा, सिद्धान्त र नैतिकता सहितको २१ औ शताब्दीको अवसरले देशलाई समृद्धीको मार्गमा लैजान सक्ने सक्षम नेतृत्वको समुह छ तर तपाइहरुले पार्टीलाई नै तहस नहस बनाइदिनु भयो भने त्यो पुस्ताले नेतृत्व गर्ने अवसर पाउछ ?
आफुले सबै अवसर लिएर पार्टी तहस नहस गरेर पछिल्लो पुस्तालाइ अवसर नदिएको आरोप तपाइहरुलाई लाग्छ की लाग्दैन ? कि त्यस्ता आरोपहरुले तपाइहरुलाइ छुदैन ? स्मरणरहोस फुट गुमाउनलाइ हो र गुमाएर जितिदैन । एक एक सदस्यको योगदान र महत्व तपाइहरुले वुझ्न पर्दछ । महान शहिदहरुको त्यागको अगाडी तपाइहरुको पद र अहमताको त्याग निकै सानो त्याग हो । कमरेडहरु एकपटक स्मरण गर्नुहोस कमरेड पुष्पलालसँग न त सत्ता थियो न शक्ति नै । थियो त केवल विचार थियो, एक शक्तिशाली विचार । त्यो यस्तो शक्तिशालि विचार थियो जसले गर्दा ६ जनाले शुरु गरेको पार्टी सिंगो देशमा फैलियो र देशको प्रमुख शक्तिको रुपमा स्थापित भएको थियो ।
तपाइहरुको नेतृत्वमा शक्ति छ, सत्ता छ, नेताहरु हुनुहुन्छ तर सिद्धान्त र विचार शुन्य हुदा शक्ति घट्दोछ । पार्टी पार्टी जस्तो होइन भिडमा बदलीएको छ । यदि केही वर्ष मन्त्री, प्रधानमन्त्री हुन्छौ भनेर राजनीतिमा होमिनु भएको थियो भने त तपाइहरु नाफामा हुनुहुन्छ र अझै केही वर्ष नाफा नै आर्जन होला तर देश र जनताको लागि हो भने भर्खर योगदान दिने आधार तयार भएको छ यतिवेला साना साना कुराको इख साधेर पार्टीलाइ धुजा धुजा वनाउनु भनेको देश, भावी पुस्ता र अग्रजहरुप्रतिको अक्षम्य अपराध हो ।
नेकपा मालेमा संगठीत भएका कुनै पनि नेता कार्यकर्ता ब्यक्तिगत प्राप्तीमा विश्वास गर्दछन भन्ने कुरामा कसैले नी विश्वास गर्न सक्दैन तर त्यत्रो लामो त्याग र वलिदानको इतिहास भएका नेताहरु आजको पदको लागि मरिहत्ते गरेर पार्टी तहस नहस गर्ने अवस्थामा पुग्दा तपाइहरुलाइ कसरी क्षमा गर्न सकिएला र ? हामी नागरीक हिजो पनि निहत्था थियौ, निरीह थियौ आज हामी सार्व भौम छौ की भन्ने लागेको थियो तर हामी त झन ठुलो रैति भएका रहेछौ ।
हिजो हामीले घृणा गर्नेहरुले रैति बनाएका थिए र उनिहरु विरुद्ध कम्मर कसेर लडेका थियौ तर आज त आफुले विश्वास गरेका, आफुले भरोसा गरेकाहरुवाट हामी रैति भएका रहेछौ । हामी स्वयमसँग लडने नैतिक आधार समेत गुमाएका छौ के यस्तो अवस्थामा हामी तपाइलाइ क्षमा गर्न सक्छौ ? यो देशका भोटरको लागि कम्युनिष्ट पार्टी जुटनु र फुटनुले हाम्रो दैनिकीमा केही फरक पर्दैन । कम्युनिष्ट भएर हामीले स्वाभिमान पुर्वक वाँच्न सिकेका छौ र हामी हाम्रो जीवन स्वाभिमान पुर्वक वाच्न सक्दछौ ।
कम्युनिष्ट पार्टी ठुलो हुनु र सानो हुनुले हामीलाई फरक पर्दैन तर निष्टावान छ की छैन त्यो महत्वपुर्ण कुरा हो । पार्टी सानै भए पनि नेकपा मसाल र नेमकिपाका कार्यकर्ताहरु सधैव आफनो पार्टी र नेताहरु प्रति गर्व गर्न सक्दछन । त्यही कुरा अरुहरुलाइ पनि लागु हुन्छ । मुख्य कुरा नेताको चरित्र र पार्टीका नीतिको को हो ।
प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सँसद, मयेर, उपमेयर, वडाअध्यक्ष लगायतका पदाधीकारी नभइ पनि हामी वाँच्न सक्दछौ र परिवार पाल्न सक्दछौ । समस्या त तपाइहरुलाई नै होला कमरेड जो पदको लागि हर तिकडम गर्नु हुन्छ र त्यसलाइ कम्युनिष्ट र क्रान्तिको नाम दिनु हुन्छ । तपाइहरु जव यतिका जनताहरुले माया गरेको पार्टीलाइ संरक्षण गर्ने हैसियत राख्नु हुदैन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सक्नु हुन्न भने तपाइहरुलाई नै नेता मानेर यो देश र जनताको मुक्ति कसरी हुन्छ कमरेड ? तपाइहरुको क्षमता, योग्यता पनि प्रष्ट देखिदैछ ।
तपाइ सक्षम की असक्षम कसैले भनिरहन पर्दैन तपाइहरुका कामले नै प्रमाणित गरिरहेका छन । हुक्के वैठके र झोलेहरुको प्रसंसामा मख्ख नपर्नुहोस, झोपडी र दुर्गमका कार्यकर्ताहरु र जनताको अवस्था हेर्ने र आवाज सुन्ने प्रयास गर्नुहोस । एक अर्कालाइ सखाफ पारेर पार्टी नै तहस नहस गर्ने तपाइहरुका तर्क र कुतर्कमा तपाइहरुका हुक्के, बैठकेहरुले वाह वाही गर्लान तर नेपाली सर्वाहरावर्गले सर्वथा धिक्कारने छन । ईतिहासको प्रवाह निर्विकल्प हुदैन त्यसकारण तपाइहरुका पनि विकल्प हुन्छन । यो २१ औ शताब्दी हो र यो पञ्चायतको अध्यारो रात्री होइन । यो सुचना तथा प्रविधीको युग हो । के गर्दा देशमा सामाजिक न्याय सहित समाजवाद आउदछ र के गर्दा आउदैन अव सबैलाई धेरै थोरै थाहा छ ।
कमरेडहरु आत्मरतिमा नरमाउनुहोस, एक अर्कालाइ मान सम्मान गर्नुहोस । प्रतिकुलतालाई अनुकुलतामा वदल्नु नै नेतृत्व हो । व्यक्तिगत इगोलाइ शान्त गर्नुहोस र विगतमा संयुक्त रुपमा सहकार्य गर्दा तपाइहरुवीच सौहार्दपुण सम्वन्ध भएका दिनहरुलाइ संझिनुहोस र त्यहीवाट एकताको प्रस्थान गर्नुहोस । सुखानीका शहिदहरु, क्रषि देवकोटा आजाद, रत्नकुमार वान्तवा लगायतका शहिदहरुलाइ संझिनुहोस, संझिनुहोस त्यो कम्युनिष्टहरुको अन्तराष्टिय गित जुन सवै कार्यक्रममा तपाइहरुले सँगै गाउनु भएको थियो । याद गर्नुहोस, कसैको अभावमा कोही अपुरो हुदैन तर एक अर्काको सहयोगमा दुबै भरिपुर्ण हुन सक्नु हुन्छ । प्राविधीक कुरा होइन भावनालाइ साक्षी राख्नुहोस ।
गल्ती दुवै तिरवाट भएका छन । फुटमा गुमाउने तपाइहरुले नै हो । इमान्दार हुनु भयो भने जुटमा सारा देशले जित्छ । हामीले वचपन देखी देखेका सपनाहरु साकार हुन्छन । तपाइहरुलाइ आश्रय दिएर यो पार्टी हुर्काएका वुढा बाबु आमाहरुको मुहारमा खुशी आउछ । सदियौ देखी सामन्ती कुसँस्कारको शिकार भएका दलित, महिला, जनजाती, मधेशी, मुस्लीम लगायतका शोसित पिडितहरुमा खुशी छाउछ । बेइमानहरु त हामीले धेरै भोग्दै आएका छौ ।
आत्मसमिक्षा गर्नुहोस । पञ्चायतसँग यो भन्दा कडा लडाइ लड्नु भएको हो । सहयोद्धाहरुलाइ मान सम्मान गरेर सहकार्य र सम्झौता गर्दा र साझा दृष्टिकोण सहित आन्दोलन प्रति प्रतिवद्ध भएर अगाडी वढदा तपाइहरुलाइ हरुवा भनिदैन । इतिहासले तपाइहरुलाइ विजेता भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन झै पुज्ने छ । जो कोहीले इतिहास बनाउने अवसर पाउदैनन र अवसर पाउने सबैले सदुपयोग पनि गर्न सक्दैनन । सानो सानो कुण्ठाको लागि सदियौ सम्म अमरहुने अवसर नगुमाउनुहोस । अजम्वरी त कोही पनि छैन तर अहिलेको अवस्थामा तपाइहरुको एक निर्णयले तपाइहरुको अमरत्वलाइ निर्धारण गर्दछ ।
यदि सही तरीकाले कम्युनिष्ट आन्दोलनलाइ सकारात्मक रुपमा अगाडी वढाउन चाहानुहुन्छ भने तपाइहरु भित्र अथाह क्षमता छ । विगत विर्सेर देश, जनता र सिंगो मानव समुदायको लागि एक अर्काप्रति सकारात्मक भएर सुन्दर भविश्यको साझा परिकल्पना गर्र्नुुहोस, तपाइहरुले अदभुत शक्ति आर्जन गर्न सक्नुहुन्छ, वन्द भएका सबै एकताका ढोकाहरु आफ से आफ खुल्न थाल्नेछन, एक अर्काप्रति विश्वास, भरोसा र आस्था पलाउने छ, जनताको बहुदलिय जनवादले परिकल्पना गरेको साझा सपना सकार पार्ने प्रतिवद्धता आउनेछ, तपाइहरु भित्रैवाट त्यागर समर्पणको भाव आउनेछ सिर्फ एक पटक एक अर्का प्रति सकारात्मक भावको विकास गर्नुहोस । समय छदै समयको सही सदुपयोग गर्नुहोस, अहमता त्याग्नुहोस ।
यो नै हजारौ ज्ञात अज्ञात शहिदहरु र तपाइका शुभेच्छुकहरुको चाहना हो । स्मरणहोस तपाइहरुसँग मिल्नुको विकल्प छैन तर नागरीकहरुका लागि तपाइहरुका हजारौ विकल्प छन । अमहता र कुण्ठामा रमाउनु हुन्छ की हजारौ वर्ष सम्म संझिन लायक काम गरेर कार्यकर्तालाइ खुशीयाली दिन गौरवशाली संझौता रोज्नु हुन्छ रोजाइ तपाइहरु कै । सही रोजाइको लागि शुभकामना ।