एसईई वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति

लेखाजोखा न्युज
१६ जेष्ठ २०७८, आईतवार १८:३०

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति मागेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

एसईई परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समितिको प्रतिवेदनको आधारमा निर्णय गरी सरकारलाई अनुमति माग गरेको अध्यक्ष पौडेलले बताए ।

अध्यक्ष पौडेलले भने ‘समितिले बुझाएको प्रतिवेदनको आधारमा निर्णय गरी माग गरिएको हो । सकेसम्म अनुमति पाउने अपेक्षा छ ।’

संक्रमण दर बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समिति गठन गरेको थियो ।

समितिले कक्षा १२ को परीक्षा विधिबारे पनि प्रतिवेदन बुझाएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com