स्वास्थ्य मन्त्रालयले दिएको कोरोना जानकारी तथ्यांक वास्तविकतासँग कतै मिल्दैन । मेरो गाँउको घरमा स-परिवार कोरोनाग्रस्त भयौँ। टोलभरीमै दाजुलेमात्रै पि.सी.आर.टेष्ट गराउनुभयो जुन पोजिटिभ आयो । बाँकी सबैलाई उही लक्षण देखियो । केहि केटाकेटीहरु त ठीक भए, तर दाजुलाई भने निकै गाह्रो भयो तर पनि ठीक हुनु भयो ।
मेरो गाउँमा त्यस्तो बिरामी नभएको कुनै घर पनि छैन । २०,२५ जनाको मृत्यु पनि भयो । नब्बे प्रतिशत भन्दा बढीले कोरोना परीक्षण गराएनन् किनकी कोरोना हो भन्ने थाहा भयो भने मनोविज्ञानलेनै प्राणान्तको सम्भावना रहने ठहर रहेछ । सायद यस्तो घटना मुलुकभरी हुनुपर्छ । त्यस हिसाबले कोरोना संक्रमितको संख्या मुलुकभरी झण्डै दश गुणा बढी भएको र मृत्युको संख्या कम्तिमा तेब्बर भएको हुनपर्छ ।
नब्बे कटाउनु भएकी मेरी बूढी आमाप्रति चिन्तित थियौँ । काठमाडौं ल्याउने भन्दा भन्दै काठमाडौं नै हटस्पट भएको, बेड नपाइने, आइ.सी.यु.नपाइने भनेपछि निरास हुँदै घरमै जडिबुटी, वाफ लिएर र भीटामीन सेवन गरी बस्नुभयो र सहजै सबैले कोरोनामाथी वीजय पाउनु भयो । अस्पताल पुर्याइएको भए त्यहाँको वातावरणले बाँच्ने सम्भावना कम हुने रहेछ ।
समयमै खोप मगाउन सरकारको उदासीनता, कमीसनको चक्कर, सत्ताको चिन्ता, एमसीसी पास गर्ने हतार, कर असुलीको पीर आदि गतिविधीले के लागेको छ भने सरकार जनताको ज्यान र स्वाथ्यप्रति मनबाटै चिन्तित छैन । कडा विषादीयुक्त तरकारी भारतबाट नेपाल भित्रिंदा भन्सारले अनुमती नदिने बित्तिकै भारतीय दूतावासको आदेशले सबै भित्र्याइएको थियो, आफ्नो जनताको स्वास्थ्यप्रतिको चिन्ता त्यसैबेला देखेर झस्किसकेका थियौँ ।
नेपालीहरुलाई विदेश जान रोक भएता पनि दूतावासको आदेसमा हप्तामा ६ फ्लाइट भारतीयहरुलाई मात्र छुट हुने रहेछ । सरकार हाम्रो हो कि अरुको? चैत्रमै विज्ञहरुले लकडाउन गर्न सुझाए पनि एक महिनासम्म हवाइ र स्थलमार्गबाट ह्वाह्र्वार्ति संक्रमित भित्रिन दिएर पछि के को लकडाउन गरेको हो ? विज्ञहरुले सुझाएको मानिदिंदा के बिग्रिन्छ र ? अनुदानमा आएका त्रिपाल त सांसदहरु हाकाहाकी घर लैजान्थे भने अक्सिजन सिलिण्डर छोड्छन्? जनता केवल दुई कामको लागिमात्र आवस्यक पर्दो रहेछ , त्यो हो भोट खसाल्न र कर अशुल गर्न । बाँकी जनताको कामै छैन जस्तो छ ।
मुख्य र अन्तरआत्माले ठहर्याएको काम भनेको :
१. भारतीय प्रभुको
२. ठेकेदारको
३. गुण्डाहरुको
४. नातागोताहरुको
५.आफ्ना अन्धभक्त हनुमानहरु
ती बाहेक मरेपनि कसै जनताको कुनै काम हुँदैन । जनतालाई त सके लाठीचार्ज नत्र जरीवाना , हस्पिटलमा यहाँ देखि त्यहाँ कुद्दा कुद्दै मृत्युको उपहारनै पाइने देखियो ।
पोहोरका अर्थमन्त्री भन्थेः रीनदान गरेर भएपनि कर तिरी हाल्नुस् । अस्ति एउटा त्यस्तै अडियो पनि सुनें । यसबाट मलाई के लाग्छ भने अब स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा कोरोनाबाट संक्रमितको संख्या घट्दै गएको, निको हुनेको संख्या बढ्दै गएको, मृत्युदर पनि घट्दै गएको तथ्याँक सार्वजनिक गर्नेछ । केहि दिनमै लकडाउन खुकुलो हुँदै असार मसान्तसम्म सामान्य गतिविधी सुचारु हुनेछन् । तथ्याँकहरु लुकाइनेछन् । कर अशुली चरम पारिने छ,, बजेटको जोहो गरिसकेपछि पुनः सन्त्रास फैलिन थाल्ने छ ।
चुनाव नजिकिंदै जाँदा फेरी कोरोनाको तथ्यांक आकाशिने छ, चुनाव स्थगितको घोषणा भइ शासन ब्यवस्था लम्बिइरहने छ । नेताहरुलाई बचाउन सत्रौंहजार विद्रोही जनता र सेनाले बलीदान गर्दा पनि कोरोना महामारीमा जब जनता बचाउने कुरो आउँछ फेरी पनि जनतामात्रै मर्ने जनताको लागि एउटा मात्र नेता सहीद हुनु नपर्ने नियतीको खेल नभई विदेशीद्वारा संचालित आन्तरिक कोरोनाहरु नै पो हुन् कि भन्ने लागेको छ ।
अति भयो अब कहाँ जाने भैसक्यो? हे प्रभु तिमीले भनेको,
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥’
पनि पत्याउन मन लागेन । सज्जनहरुको रक्षार्थ र धर्म स्थापनाको लागि पापीहरुको नास गर्न युगौं युगसम्म आइरहने छु भनेको कतै रेल आएजस्तो त हुने हैन ? यस श्लोकमा भारत शब्द भएकाले भारतीयहरुको लागिमात्रै आउने पो हुन् कि भन्ने लाग्छ अब त !