२२ मंसिर २०८०, शुक्रबार

चिकित्सकहरू आजपनि सडकमा, आन्दोलन नरोक्ने अडान

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १:५३

काठमाडाैं। चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आज पनि आन्दोलित भएका छन् ।

मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै बिहिवार पनि चिकित्सकहरुले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्।

स्वास्थ्यकर्मी र सरकारबीच बुधवार दुई बुँदे सहमति भएको थियो।

तर उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आजपनि प्रदर्शन गरेका हुन् । उनीहरूले सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् ।

त्यस्तै,  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने स्वास्थ्यकर्मीहरूकाे माग छ।

उनीहरूले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्।

आन्दोलित चिकित्सकहरुले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने?, असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?, कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लेखेका प्लेकार्डसहित नाराबाजी गरेका छन्।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend