२२ मंसिर २०८०, शुक्रबार

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति पाैडेल हिँडेरै बसन्तपुर जाने

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १:१९

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले न्यूरोडस्थित जुद्धशम्शेर राणाको शालिकदेखि बसन्तपुरस्थित गद्दी बैठकसम्म हिँडेरै इन्द्रजात्रा हेर्न जाने भएका छन्।

ईन्द्रजात्रा अवलोकनका लागि बिहीबार दिउँसो राष्ट्रपति पौडेल बसन्तपुर जाने कार्यक्रम छ।

‘जुद्धशम्शेरको शालिक भएको ठाउँमा झरेर त्यहाँबाट बसन्तपुरसम्म हिँडेरै जाने राष्ट्रपतिज्यूको चाहना छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘तर नेपाली सेनाले सुरक्षा प्रोटोकल देखाएर हिँडेर जान मिल्दैन, गाडीमै जानुपर्छ भनिरहेको छ।’

राष्ट्रपति पौडेलले भने जुद्धशम्शेरको सालिक भएको ठाउँमा झरेर जनतासँग भेट्दै जात्रा हेर्न आफूले चाहेको बताइएकाे छ।

महानगरले असारदेखि महिनाअघि सम्पदा क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ । यसअघि इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेको थियो । यसपटक भीआईपीहरुलाई न्युरोडको जुद्धशम्शेरको शालिकदेखि गद्दी बैठकसम्म हिँडेरै इन्द्रजात्राको अवलोकन गर्न लागिएको हो

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend