२२ मंसिर २०८०, शुक्रबार

राहत शिक्षकहरूकाे आन्दोलन आजपनि जारी, कालोपट्टी बाँधेर सडकमा

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १:१०

काठमाडौं । शिक्षकहरूकाे आन्दोलन आजपनि जारी रहेकाे छ।

निरन्तर आन्दोलनमा रहेका राहत शिक्षकहरूले बिहिबार कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन्।

बुधबार केही  आक्रामक र उत्तेजित बनेका शिक्षकहरू आज भने शान्तिपूर्ण रुपले पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएर स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका र पेन्सनबाट बञ्चितमा परेका शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्।

उनीहरूले आज माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरूले अस्ति भएको सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्।  देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक रहेका छन्।

हिजाे आन्दोलनको क्रममा प्रहरीको लाठीबाट ८ शिक्षक घाइते भएका थिए। नयाँ बानेश्वरमा प्रदर्शनको क्रममा आन्दोलनकारी शिक्षक मूल सडक पसेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोक्रममा ८ जना शिक्षक घाइते भएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend