२२ मंसिर २०८०, शुक्रबार

कीर्तिमान बनाएकाेमा ओलीले गरे नेपाली क्रिकेट टोलीको प्रशंसा

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १२:५७

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धकाे खेलमा कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।

उनले बिहीबार बिहान सामाजिक सञ्जाल टिकटकमा एक भारतीयले नेपाली क्रिकेट टिमबारे प्रशंसा गरेकाे भिडियो फेसबुकमा राख्दै ‍ लेखेका छन्, ‘बधाइ नेपाली टिम र खेलाडीलाई !’

ओलीले अन्तर्राष्ट्रिय मिडियामा समेत नेपाली टिमको प्रशंसा  देखेर मन आनन्दित भएको बताएका छन्। ‘नेपाली क्रिकेटरको कीर्तिमानी प्रदर्शनको विश्वभर चर्चा भएको छ। खासगरी टी–२०, वान डे, टेस्ट क्रिकेटमा नम्बर वान रहेको भारतका मिडियामा समेत नेपालको क्रिकेटको व्यापक चर्चा छ’, उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेट टीमको प्रशंसाले मन आनन्दित भएको छ।’

चीनमा जारी एसियाडअन्तर्गत बुधबार बिहान नेपालले मंगोलियाविरुद्ध जीत हात पार्ने क्रममा कीर्तिमान नै कीर्तिमान बनाएको थियो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend