२२ मंसिर २०८०, शुक्रबार

मियामीलाई हराउँदै युएस ओपन कपको उपाधि हुस्टोन डाइनामोले जित्यो

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १२:१९

काठमाडौं । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीलाई हराउँदै हुस्टोन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ।

घाइते भएपछि मेसी बिनै मैदानमा उत्रिएको मियामीलाई २–१ गोलले हराउँदै  डाइनामोले उपाधि उचाल्यो।

खेलको २४औं मिनेटमा ग्रिफ्टिन डोर्सेको गोलमा डाइनामोले अग्रता बनाएको थियो। ३३औं मिनेटमा पाएको पेनाल्टीमा अमिने बास्सीले गोल गरेपछि डाइनामोले अग्रता दोब्बर बनायो।

पहिलो हाफमा २–० ले पछि परेको मियामीले दोस्रो हाफको अन्तयतिर १ गोल गरे पनि हार टार्न सकेन। खेलको अतिरिक्त समयमा जोसेफ मार्टिनेजले मियामीलाई लागि १ गोल गरे।

घरेलु मैदानमा उपाधि उचाल्ने मियामीको योजना सफल हुन सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend