काठमाडाैं। एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ ।
नेपालले मंगोलियालाई ३-१ हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा नेपालदे ३-१ ले पराजित गरेको छ
पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै हराए । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भए ।
तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१-२३, २४-२२, १७-२१ ले पराजित भए ।
तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २-० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१-८, २१-९ ले विजयी भयो।
महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३-१ ले पराजित भयो।