२२ मंसिर २०८०, शुक्रबार

एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र आजदेखि

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार ११:१८

काठमाडौं। नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेकाे अधिवेशनको बन्दसत्र बिहीबार सुरु हुन लागेको हो ।

बन्दसत्रमा राजनीतिक सांगठनिक, लेखाप्रतिवेदनमाथि छलफल हुनेछ ।

कर्णाली प्रदेशकालागि अध्यक्षको उम्मेदवारमा गुलाबजंग शाह, लालबहादुर महतारा, मीनबहादुर शाही र राजबहादुर शाहीको चर्चा रहेको छ ।

अध्यक्ष ओलीले अधिवेशनमा सर्वसम्मत नभए व्यक्तिगत चुनाव लड्नुपर्ने तर, प्यानल बनाउन नपाइने बताएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend