२२ मंसिर २०८०, शुक्रबार

उपचार नपाएर माओवादी सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष बडुवालको निधन

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १०:३०

धनगढी। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ।

कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका उनको गएराति निधन भएको हो।

आफ्नै पार्टी सरकारको नेतृत्वमा रहँदासम्म उनले सहज उपचार पाउन नसक्दा जीवन गुमाउनु परेको छ।

पछिल्लो समय उनी निमोनियाबाट पीडित थिए । तर उनको समयमै सहज उपचार सम्भब नहुँदा उनले मृत्युवरण गर्नु परेको छ ।

माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बडुवाललाई काठमाडौंमा उपचार गर्न ल्याउने प्रयास पनि असफल भएको थियो।

हेलिकोप्टरबाट काठमाडौं ल्याउन खोजिए पनि सम्भव नभएपछि उनलाई लखनउतर्फ लगिएको थियो।

परिवारले हेलिकप्टरबाटै भएपनि काठमाडौं ल्याउन र उपचार सहज बनाउन हारगुहार गरे । तर सहज ब्यवस्थापन हुन सकेन ।

‘हेलिकप्टरको व्यवस्था गरिदिन भनेर धेरै नेताहरुलाई भनियो, गृह मन्त्रालयमा पनि भनियो तर सबैले सामान्य रुपमा लिइदिए,’ बडुवालसँग निकट आफन्तले भने , ‘त्यसले गर्दा माओवादी केन्द्रले सुदूरपश्चिमको एकजना राम्रो नेता गुमायो ।’

स्थल मार्गबाट लखनउ लैजाने क्रममा उनकाे निधन भएको हाे।

उनका श्रीमती र छोरी बस दुर्घटनामा परेर ९ वर्ष अगाडी वितेका थिए।

गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend