२२ मंसिर २०८०, शुक्रबार

उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा हेर्दाहेर्दैमा

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार ८:३८

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध सांघातिक आक्रमण गर्नेविरुद्ध हालेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

ज्यान मार्ने उद्योगसम्बन्धी उक्त मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार सुनुवाइ भएको हो ।

तर, सोमबार सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब भोलि पुनः यो मुद्दामा सुनुवाइ हुनेछ ।

चलाउनेमाथि २० असोज २०७७ मा नेपाल विद्यार्थी संघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए । सोही प्रकरणमा योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साहलगायतविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend